after_navbar

युथ्स अफ तुलसीपुरले गर्‍यो रक्तदान


३ घण्टा अगाडि


दाङ,२९ मंसिर । युथ्स अफ तुलसीपुरले पश्चिम दाङमा देखिन सक्ने रगत अभावलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटी तुलसीपुरको प्राविधिक सहयोग तथा ज्ञानज्योती कलेजको व्यवस्थापनमा आज उक्त कार्यक्रम आयोजना गरिएको हो ।

ad

कार्यक्रममा ज्ञानज्योती कलेजमा अध्ययनरत करिब ३० जना छात्रछात्राले रक्तदान गरेका थिए । क्लबका अध्यक्ष ऋषिराज लहरे ‘अरुण’ ले पश्चिम दाङमा समय–समयमा देखिने रगतको अभाव न्यूनीकरण गर्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

अध्यक्ष लहरेका अनुसार युवालाई सामाजिक सेवामा सक्रिय बनाउँदै मानवीय सेवाको भावनालाई प्रवर्द्धन गर्न यस्ता कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गरिँदै आएको छ ।

युथ्स अफ तुलसीपुरले यसअघि पनि रक्तदान, सरसफाइ, सचेतनामूलक कार्यक्रमलगायत विभिन्न सामाजिक गतिविधिहरू गर्दै आएको छ । कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको भन्दै आयोजकले रक्तदाताहरू, सहकार्य गर्ने संस्थाहरू तथा व्यवस्थापन पक्षलाई धन्यवाद व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="