after_navbar

भरुवा बन्दुकसहित तीनजना पक्राउ


२ घण्टा अगाडि


रुकुमपूर्व,२९ मंसिर । रुकुमपूर्वमा भरुवा बन्दुकसहित तीन जना पक्राउ परेका छन्। पुथा उत्तरगंगा गाउँपालिका–८ बाट प्रहरीले भरुवा बन्दुक दुई थान र ती बन्दुकमा प्रयोग हुने बारुदसहित तीन जनालाई आइतबार राति नियन्त्रणमा लिएको हो।

ad

पक्राउ पर्नेमा सोही गाउँपालिका–८ खराङ निवासी ३० वर्षीय शेरबहादुर थापा, ४३ वर्षीय यमप्रसाद पुन र ४८ वर्षीय कृष्णबहादुर मल्ल रहेका छन्।

प्रहरीका अनुसार शेरबहादुर थापाको गोठ खानतलासी गर्दा अवैध हातहतियार फेला परेपछि उनीहरूसहित पक्राउ गरिएको हो। घटनाबारे आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="