काठमाडौं,२९ मंसिर । नेकपा (एमाले) को अध्यक्ष पदका लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन्। भृकुटीमण्डपमा जारी पार्टीको बन्दसत्रमा हाल उम्मेदवारी दर्ताको क्रम चलिरहेको छ।
तेस्रो पटक पार्टी नेतृत्व सम्हाल्ने लक्ष्यसहित ओलीले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन्। यसअघि एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी दर्ता गराइसकेका छन्।
एमाले महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता प्रक्रिया जारी रहेको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस