after_navbar

रुखबाट लडेर एकजनाको मृत्यु


४ घण्टा अगाडि


काठमाडौं,१ पुस । रुखबाट लडेर एकजनाको मृत्यु भएको छ । मकवानपुरको मनहरी गाउँपालिका वडा ७ मा रुखबाट खसेर गम्भीर घाइते एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको हो।

ad

मंगलबार मकवानपुरको राक्सिराङ गाउँपालिका वडा ८ टोक्चेराङ घर भइ हाल मनहरी ७ लामाटोलस्थित काका डिसा लामाको घरमा बस्दै आएका सुरेश लामाको मङ्गलबार उपचारको क्रममा मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

स्थानीय मनकामना सामुदायिक वनमा घाँस काट्न गएका ३५ वर्षीय सुरेस साजको रुखमा चढेर  घाँस झार्ने क्रममा एक्कासि रुख बाट खस्दा गम्भीर घाइते भएका थिए ।

रुखबाट खसेर गम्भीर घाइते अवस्थामा उद्धार गरेर उपचारको लागि हेटौँडा अस्पताल ल्याइएकोमा चिकित्सकले उपचारको क्रममा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए। 

उनका अनुसार घटनाको आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="