after_navbar

युके पठाउने भन्दै ५२ लाख ठगी गर्ने व्यक्ति पक्राउ


पुष ०२, २०८२


काठमाडौं ,२ पुस। वैदेशिक रोजगारीका लागि युके पठाउने भन्दै ५२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

ad

कास्कीको पोखरा महानगरपालिका–१५ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१२ बस्दै आएका ५० वर्षीय लालबहादुर बराइलीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।

कार्यालयका प्रवक्ता काजीकुमार आचार्यका अनुसार बराइलीले एक जना पीडितलाई रोजगारीका लागि युके लैजाने आश्वासन दिई ५२ लाख रुपैयाँ लिएका थिए। लामो समयसम्म झुक्याएर राखी युके नपठाई सम्पर्कविहीन भएपछि परेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो।

पक्राउ परेका बराइलीलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता आचार्यले जानकारी दिए। वैदेशिक रोजगारीका नाममा ठगीका घटना बढ्दै गएकाले प्रहरीले सबैलाई सचेत रहन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="