after_navbar

भिरबाट ढुङ्गा खस्दा चार जना घाइते


२२ घण्टा अगाडि


काठमाडौं,२ पुस । हुम्लाको सर्केगाड गाउँपालिका–४ स्थित सर्केगाड बजारमा भिरबाट खसेको ढुङ्गा घरमा लाग्दा चार जना घाइते भएका छन्।

ad

गएराति स्थानीय दनबहादुर रावतको दुईतले कच्ची घरमा माथिल्लो वन क्षेत्रबाट अचानक ढुङ्गा खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। ढुङ्गा लाग्दा घरमा क्षति पुगेको र सोही घरमा कोठा भाडामा लिएर बस्दै आएका व्यक्तिहरू घाइते भएका हुन्।

घाइते हुनेमा सर्केगाड–८ राहदेउ घर भई हाल सर्केगाड बजारमा बस्दै आएका सुन्दरलाल विककी २८ वर्षीया श्रीमती सरिता विक, सर्केगाड–४ रायागाउँकी २१ वर्षीया लालसरा विक, उनकी ६ वर्षीया छोरी रेविका तथा सर्केगाड–८ की प्रवीणा विक रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी शङ्कर खड्काका अनुसार सरिता विकको अवस्था मध्यम रहेको छ। उनको दाहिने गाला र हातमा चोट लागेको छ। स्थानीय साया स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि जिल्ला अस्पताल हुम्ला पठाइएको छ।

टाउको र निधारमा सामान्य चोट लागेका अन्य तीन जनालाई भने स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।

सर्केगाड बजारमाथिको वन क्षेत्र भिरालो र चट्टानी भएकाले उक्त बस्ती ढुङ्गा खस्ने उच्च जोखिममा रहेको छ। यसअघि पनि सो स्थानमा पटक–पटक ढुङ्गा खस्ने गरेको स्थानीय प्रकाश शाहीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="