after_navbar

झुठा विवरणमार्फत नागरिकता र राहदानी बनाउने दाङका बस्नेतसहित तीन जना पक्राउ


२ घण्टा अगाडि


दाङ,३ पुस । झुठा विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र तथा राहदानी बनाउने कार्यमा संलग्न रहेको आरोपमा दाङका यमबहादुर बस्नेतसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

ad

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार विभिन्न व्यक्तिले झुठा विवरण प्रयोग गरी नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी बनाएर तेस्रो मुलुक जाने गरेको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१७ का ४३ वर्षीय यमबहादुर बस्नेत, झापाको कचनकबल गाउँपालिका–३ का ५१ वर्षीय कृष्णबहादुर कटुवाल र झापाको भद्रपुर नगरपालिका–९ का ४१ वर्षीय सूर्यबहादुर खड्का रहेका छन्।

प्रहरीका अनुसार उनीहरू झुठा विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र तथा राहदानी बनाउने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन्।

पक्राउ परेका तीनै जनालाई नागरिकता, लिखत किर्ते तथा सङ्गठित अपराधसम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="