after_navbar

संसद् पुनःस्थापनाबारे कांग्रेस–एमाले नेताबीच छलफल


३ घण्टा अगाडि


काठमाडौं,५ पुस। नेपाली कांग्रेसका नेता श्याम घिमिरे र नेकपा एमालेका नेता महेश बर्तौलाबीच संसद् पुनःस्थापनासहित समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

ad

शनिबार दिउँसो कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा भएको भेटघाटमा दुबै नेताले पछिल्लो राजनीतिक अवस्थाबारे विचार विमर्श गरेका हुन् । कांग्रेस संसदीय दलको कार्यालयमा भएको छलफल समसामयिक विषयमा केन्द्रित रहेको एमाले नेता बर्तौलाले जानकारी दिए ।

बर्तौला विघटित प्रतिनिधिसभामा नेकपा एमाले संसदीय दलका मुख्य सचेतक हुन् भने घिमिरे नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक हुन् । छलफलका क्रममा संसद् पुनःस्थापना र त्यसपछिको राजनीतिक प्रक्रियाबारे विशेष ध्यान दिइएको बताइएको छ ।

यसअघि शनिबार बिहान मात्रै नेता बर्तौलाले प्रतिनिधिसभा पुनःस्थापना गरी संसद्को बैठक आव्हान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="