after_navbar

देउवाले बोलाए पदाधिकारी बैठक


पुष २०, २०८२


काठमाडौँ,२०पुस।। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्। आइतबार दिउँसो २ बजे आफ्नै निवास चुनदेवीमा बैठक बस्ने गरी देउवाले बोलाएका हुन्।

ad

देउवाका स्वकीय सचिव भानु देउवाले निवासमा बैठक बोलाएको जानकारी सहमहामन्त्री महालक्ष्मी उपाध्यायले दिइन्। आगामी २८ देखि ३१ वैशाखसम्म १५औँ महाधिवेशन गर्ने कार्यसम्पादन समिति बैठकको निर्णयपछि पार्टीभित्र विवाद उत्पन्न भएको छ।

यसअघि २६ देखि २८ पुससम्म तय गरिएको १५औँ महाधिवेशनको कार्यतालिकाअनुसार काम अघि नबढेपछि शुक्रबार बसेको कार्यसम्पादन समिति बैठकले बहुमतका आधारमा महाधिवेशनको मिति सार्दै २८ देखि ३१ वैशाखसम्म काठमाडौंमा गर्ने निर्णय गरेको थियो।

तर उक्त निर्णयप्रति महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री फरमुल्लाह मन्सुर तथा कार्यसम्पादन समिति सदस्यद्वय अर्जुननरसिंह केसी र उमा रेग्मीले फरक मत राखेका छन्। यसैबीच, महामन्त्री थापाले पुस मसान्तभित्रै विशेष महाधिवेशन गरेरै छोड्ने घोषणा गरेका छन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="