after_navbar

श्रीमती हत्याको आरोपमा श्रीमान पक्राउ


पुष २१, २०८२



दाङ,२१ पुस । दाङमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका–२ केराघारी निवासी २१ वर्षीय सुमन आले मगर रहेका छन्।

ad

तुलसीपुर उपमहानगरपालिका–५ न्युरोडस्थित शिशिर गेष्ट हाउसमा लुकिछिपी बसेको अवस्थामा शुक्रबार राति आलेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिएका छन् ।

उनका अनुसार सुमन आलेले पुस १२ गते बिहान तुलसीपुर–५ न्युरोडस्थित रुकमेली गेष्ट हाउसमा सामान्य विवादका क्रममा आफ्नी १७ वर्षीया श्रीमती खीमा परियारमाथि कुटपिट गरेका थिए।

कुटपिटबाट गम्भीर घाइते भएकी परियारलाई उपचारका लागि नेपालगञ्ज लगिएकोमा उपचारकै क्रममा पुस १८ गते उनको मृत्यु भएको थियो।

हत्या आरोपमा पक्राउ परेका आलेलाई जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="