काठमाडौ,२१ पुस। सुमो गाडी दुर्घटना हुंदा ६ जनाको मृत्यु भएको छ। मकवानपुर स्थित कुलेखानी–काठमाडौँ सडक खण्डअन्तर्गत भीमफेदी गाउँपालिका–६ जुरीखेतमा भएको सुमो गाडी दुर्घटनामा ६ जनाको मृत्यु भएको हो।
काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो गाडी हिजो बेलुकी दुर्घटनामा परेको हो। दुर्घटनामा घाइते भएका ९ जनामध्ये ६ जनाको उपचारका क्रममा ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाउनेहरूको नाम र ठेगाना हालसम्म खुल्न सकेको छैन। घाइतेहरूलाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पुर्याइएको थियो।
हाल ३ जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार सुमो गाडी सडकबाट करिब १०० मिटर तल खोल्सामा खसेको हो। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस