after_navbar

लेखापढी कानुन ब्यवसायी एशोसियसन तुलसीपुरको साधारण सभा


पुष २५, २०८२


अमृत काजी शर्मा
तुलसीपुर २५ पुस । नेपाल लेखापढी कानुन ब्यवसायीहरुको छाता संगठन नेपाल लेखापढी कानुन ब्यवसायी एशोसियसन इकाई समिति तुलसीपुरको ११ औं बर्षिक साधारण सभा शुक्रवार तुलसीपुरमा भएको छ ।

ad

इकाई समिति तुलसीपुरका अध्यक्ष बिनोद न्यौपानेको अध्यक्षता तथा मालपोत कार्यालय तुलसीपुरका प्रमुख खिम बहादुर खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा सहभागी लेखापढी कानुन ब्यवसायीहरुले आफ्नो पेशा संगटमा पार्न खोजिएको गुनासो गरेका थिए । मालपोत लगाएतका कार्यालयमा अनलाईन प्रणाली लागु गर्दा आफुहरु बिस्थापित हुने अबस्था आएको गुनासो गरे । आफुहरु नागरिकलाई सहज र छिटो सेवा दिलाउनका लागि लागिरहेको भन्दै नकारात्मक भावनाले नहेर्न आग्रह गरे । सामाजिक कार्यमा पनि अग्रसर रहेर कार्य गरिरहेको बताउदै उहाँले लेखापढि ब्यवसायीहरुको हितका ब्यवसायिक सुरक्षाका लागि शिशि क्यामरा, सफ्टवयर सिस्टम लगाएत अघी सरेको अध्यक्ष न्यौपानेले बताए।

मालपोत कार्यालय तलसीपुरका कार्यालयल प्रमुख खिम बहादुर खड्काले जेनजी आन्दोलनमा ठुलो क्षेती ब्यहोरेको मालपोत कार्यालय तुलसीपुरमा लेखापढी कानुन ब्यवसायीहरु लगाएत सवैको साथ र सहयोगले अन्यत्र जिल्ला भन्दा छिटो सेवा सुचारु गरेको बताए । कतिपए लेखापढी कानुन ब्यवसायीहरुले अनाबस्यक सुचना चुहावट गर्दा हाफुलाई काम गर्ने बातावरण असज महसुस गरेको बताए । कार्यालयको आर्थिक नीति प्रदेशगत हुने हुदा अन्य प्रदेशका जिल्लाहरुमा भएका कतिपय राजश्वका कुराहरुमा मेल नखाने बताए । नेपाल लेखापढी कानुन ब्यवसायी कानुन ब्यवसायी एशोसियसन इकाई समिति घोराहीका अध्यक्ष ध्रुव लम्साल, नेपाल लेखापढी कानुन ब्यवसायी कानुन ब्यवसायी एशोसियसन जिल्ला समन्वय समितिका उपाध्यक्ष शुसिल आचार्य, नेपाल लेखापढी कानुन ब्यवसायी कानुन ब्यवसायी एशोसियसन लुम्बिनी प्रदेश लेखा समिति संयोजक हरीलाल पौडेल, नेपाल लेखापढी कानुन ब्यवसायी कानुन ब्यवसायी एशोसियसनका केन्द्रिय सदस्य चुर्ण बहादुर वली, पत्रकार महासंघका सदस्य अमृत प्रसाद शर्मा लगाएतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा नापी कार्यालय र मालपोत कार्यलयमा ब्यवहारिका सिप तथा क्षमता अभबृद्धिका लागि एक हप्ताका लागि आएका हिमाल एकाडेमी तुलसीपुरका कानुन संकायका १० जना बिद्यार्थीहरुलाई प्रमाण पत्रका साथ सम्मान गरीएको थियो सोही अवसरमा लामो समय देखी लेखापढी ब्यवसाय गर्दै आउनु भएका लेखापढी कानुन ब्यवसायी प्रकाश शर्मा (थमन) लाई प्रमाण पत्र तथा दो सल्ला ओडाएर सम्मान गरीएको थियो । साधारण सभाको बन्द सत्रमा सचिव तिलकराम शर्माले संगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन इकाईका कोषाध्यक्ष भिम बहादुर खत्रीले प्रस्तुत गरेका थिए । कार्यक्रममा इकाई कार्यसमितिका सदस्य झक्कु ओलीको स्वागत मन्तब्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव तिलकराम शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="