दाङ,२६ पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै दाङमा निर्वाचन प्रहरी (म्यादी प्रहरी) भर्ना प्रक्रिया सुरु गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार भर्ना प्रक्रिया सुरु भएको पहिलो दिन शुक्रबार ३३ जना महिलासहित १५३ जनाले निर्वाचन प्रहरीका लागि आवेदन दिएका छन् ।
जिल्ला प्रहरी प्रवक्ता तथा डिएसपी चक्रबहादुर शाहले दाङमा कुल २ हजार ४१५ जना निर्वाचन प्रहरी भर्ना गरिने जानकारी दिए ।
उनका अनुसार निर्वाचन प्रहरीका लागि माघ १ गतेसम्म आवेदन दिन सकिनेछ ।
सार्वजनिक बिदाका दिनहरूमा पनि आवेदन फारम बुझाउन सकिने व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस