after_navbar

दाङमा ब्राउन सुगरसहित दुई जना पक्राउ


पुष २६, २०८२


दाङ,२६ । दाङमा लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ad

पुस २४ गते राति करिब १२ बजेतिर अस्थायी प्रहरी पोष्ट घोराही बसपार्कबाट खटिएको गस्ती टोलीले घोराही उपमहानगरपालिका–१४ मिलनचोक क्षेत्रमा गस्ती गर्ने क्रममा मोटरसाइकलमा सवार दुई जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

पक्राउ पर्नेमा लु ८० प ६३११ नम्बरको मोटरसाइकल चालक घोराही–१४ खोलीगाउँ निवासी ३४ वर्षीय सुशिल गहतराज र पछाडि सवार सोही ठाउँका ३२ वर्षीय अम्मर नेपाली रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्रबहादुर शाहका अनुसार उनीहरूलाई खानतलासीका क्रममा पक्राउ गरिएको हो ।

खानतलासी गर्दा मोटरसाइकल चालक गहतराजले बोकेको ब्यागभित्र लुकाईछिपाई राखिएको ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ फेला परेको प्रहरीले जनाएको छ । बरामद पदार्थ प्लास्टिक हटाई तौल गर्दा शुद्ध तौल ४७ ग्राम ६७० मिलिग्राम रहेको डिएसपी शाहले जानकारी दिए ।

बरामद लागूऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिई दाङ जिल्ला अदालत घोराहीबाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="