after_navbar

अमिलियाबाट २६ लाख बढीका जिम सामग्री बरामद


३ घण्टा अगाडि


तस्बिरःएआई

दाङ,२२ माघ । दाङको अमिलियामा प्रहरीले भन्सार छली ल्याइएका लाखौँ रुपैयाँ बराबरका जिम सामग्री बरामद गरेको छ। लमही नगरपालिका–९ स्थित अमिलिया चोकमा गएराति गरिएको विशेष चेकजाँचका क्रममा ती सामग्री नियन्त्रणमा लिइएको हो।

ad

इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरी टोलीले बुटवलबाट धनगढीतर्फ जाँदै गरेको युके ०६ सिबी ४६३३ नम्बरको भारतीय ट्रकलाई रोकेर जाँच गरेको थियो। चेकजाँचका क्रममा ट्रकमा लोड गरिएका जिमका सामग्रीहरूको कुनै पनि बिल–भर्पाइ नपाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बरामद गरिएको जिम सामग्रीको जम्मा मूल्य २६ लाख ८१ हजार ६ सय ५८ रुपैयाँ बराबर आँकलन गरिएको छ। ट्रकसहित सबै सामग्री नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर, बाँके पठाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी रेशम बोहराले जानकारी दिए।

तस्बिरःएआई

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="