after_navbar

वरिष्ठ कलाकार सुनिल थापाको निधन


२ घण्टा अगाडि


काठमाडौँ, २४ माघ । वरिष्ठ कलाकार सुनिल थापाको आज बिहान निधन भएको छ। उनको निधन भएको जानकारी नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले दिए।

ad

काठमाडौँको शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापा गएराति अस्वस्थ भएपछि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो। अस्पतालका अनुसार उनलाइ हृदयघात भएको हो।

६८ वर्षीय थापा लामो समयदेखि नेपाली तथा भारतीय चलचित्र उद्योगमा सक्रिय रहेका थिए । नेपाली चलचित्र क्षेत्रमा प्रायः ‘खलनायक’ भूमिकामा देखिएका उनी ‘राते काइला’ नामले पनि परिचित थिए।

थापाको परिवार भारतको मुम्बईमा रहेकाले परिवारका सदस्य काठमाडौँ आइपुगेपछि मात्रै अन्त्येष्टिलगायतका थप प्रक्रिया अघि बढाइने अध्यक्ष निरौलाले जानकारी दिए।

उनको निधनप्रति कलाकार, चलचित्रकर्मी तथा शुभचिन्तकहरूले नेपाली चलचित्र क्षेत्रले एक बलियो धरोहर गुमाएको भन्दै गहिरो दुःख व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="