after_navbar

कतार ट्रान्जिटमा झन्डै ८ हजार यात्रु अलपत्र


२ घण्टा अगाडि


काठमाडौं,१९ फागुन । मध्यपूर्वमा बढेको तनावका कारण हवाई उडान प्रभावित हुँदा झन्डै आठ हजार यात्रु कतारको ट्रान्जिटमा रोकिएका छन् ।

ad

कतारले विभिन्न गन्तव्यतर्फ जान हिँडेका यात्रुहरू उडान रद्द तथा ढिलाइ भएसँगै दोहामा अलपत्र परेको जनाएको छ ।

यसैबीच, कतारले हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा हुन लागेका कयौँ आक्रमण प्रयासलाई विफल पारेको दाबी गरेको छ ।

कतारी अधिकारीहरूका अनुसार सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राखिएको छ र सम्भावित खतरालाई समयमै नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="