after_navbar

निर्वाचन सुरक्षाका दाङमा ५ हजार ५ सय ११ सुरक्षाकर्मी परिचालन


३ घण्टा अगाडि


दाङ,२० फागुन। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दाङमा ५ हजार ५ सय ११ सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए ।

ad

उनका अनुसार मतदान सामग्री ढुवानीदेखि मतगणना सम्पन्न नभएसम्म सोही संख्यामा सुरक्षाकर्मी परिचालन गरिनेछ । एउटा मतदान स्थलमा तीन जना प्रहरी र पाँच जना निर्वाचन प्रहरी खटाइएको छ भने प्रत्येक मतदान केन्द्रमा एक जना नेपाल प्रहरी र दुई जना निर्वाचन प्रहरी परिचालन गरिएको छ ।

दाङमा १५९ मतदान स्थल रहेका छन् । तीमध्ये १६ वटा अति संवेदनशील, १३४ वटा संवेदनशील र ९ वटा सामान्य रहेका छन् । अति संवेदनशील क्षेत्रमा विशेष सुरक्षा व्यवस्था मिलाइएको छ । उपसचिवस्तरको मोबाइल टोली तथा प्रहरीका मोबाइल टोलीहरू पनि सक्रिय रहने जनाइएको छ ।

निर्वाचन सुरक्षाका लागि १० टोलीमा २० सदस्यीय बम डिस्पोजल टोली परिचालन गरिएको छ । साथै प्रत्येक निर्वाचन क्षेत्र समेट्ने गरी लमही, घोराही र तुलसीपुरमा बख्तरबन्द गाडी तयारी अवस्थामा राखिएको छ । मतदान स्थलमा तीन घेरामा सुरक्षा व्यवस्था मिलाइनेछ ।

मतपेटिकाको सुरक्षाका लागि भित्री घेरामा हतियारसहित नेपाल प्रहरी र बाहिरी घेरामा नेपाली सेना तथा सशस्त्र प्रहरी परिचालन गरिनेछ । प्रत्येक निर्वाचन क्षेत्रमा १३ वटा नेपाली सेनाको बेस र १३ वटा सशस्त्र प्रहरीको स्ट्राइकिङ तथा मोबाइल टोली खटाइनेछ ।

मतदान सकिएपछि मतपेटिका ढुवानीका लागि ९८ सवारी साधन भाडामा लिइएको छ, जसमा १७ वटा जीप र ८१ वटा ठूला गाडी रहेका छन् । मतदान सम्पन्न भएपछि राति ९ बजेसम्म सबै मतपेटिका मतगणना स्थलमा पु¥याउने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="