दाङ,२२ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा मतगणना सुरु भएको छ । बिहीबार सम्पन्न निर्वाचनको मतगणना सुरु भएसँगै प्राप्त प्रारम्भिक परिणाममा घण्टी चुनाव चिन्हले अग्रता लिएको छ । हालसम्म गनिएको मतअनुसार घण्टी चिन्हले ५२ मत प्राप्त गरेको छ ।
त्यस्तै रुख चिन्हले ३२, सूर्य चिन्हले १२, तारा चिन्हले ३ मत प्राप्त गरेका छन् । जातो र क्यामरा चिन्हले समान १–१ मत पाएका छन् भने गुलाब चिन्हले हालसम्म मत प्राप्त गर्न सकेको छैन ।
यस निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ २३ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस