दाङ,२२ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा मतगणना जारी रहेको छ । प्रारम्भिक ३ हजार ८४ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार कमल सुवेदी फराकिलो अग्रतालाई कायम राखेका छन् ।
यस समाचार तयार पार्दासम्म सुवेदीले १ हजार ५४० मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दिपक गिरीले ८८१ मत पाएका छन् । यसअनुसार सुवेदी र गिरीको मतान्तर ६५९ रहेको छ ।
यस्तै, नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का घनश्याम पाण्डेले ३८५ मत, नेकपा का धनबहादुर मास्कीले ११९ मत प्राप्त गरेका छन् ।
साना उम्मेदवारहरूमध्ये राप्रपाका दामोदर भण्डारीले ३६, नेकपा माओवादीका बलबहादुर ओलीले ७, जनमोर्चाका कमला जीसीले २ र श्रम संस्कृति पार्टीका टोपबहादुर महतराले ५ मत प्राप्त गरेका छन् ।
लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र बहादुर कभरका अनुसार ३ हजार ८४ मत गणना गर्दा ९८ मत बदर भएका छन् ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस