after_navbar

रुकुम पूर्वबाट प्रचण्ड विजयी


१० घण्टा अगाडि


रुकुम पूर्व,२२ फागुन । पुष्पकमल दाहाल प्रतिनिधि सभा सदस्यमा रुकुम पूर्वबाट विजयी भएका छन् । नेपाल कम्युनिस्ट पार्टी का संयोजक दाहालले १० हजार २ सय ४० मत प्राप्त गर्दै जीत हासिल गरेका हुन् ।

ad

उनका निकटतम प्रतिद्वन्द्वी लिलामणी गौतम ले ३ हजार ४ सय ६२ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेस की उम्मेदवार कुशुमदेवी थापाले ३ हजार ८१ मत प्राप्त गरेकी छन् ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी का लखन कुमार थापाले ८१९ मत प्राप्त गरेका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टीका सन्दीप पुन ले २०३ मत प्राप्त गरेका छन् ।

यसैगरी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का जुद्धबहादुर बुढाले १९१ मत ल्याउँदा जनमोर्चाका चन्द्रबहादुर शाहीले ३२ मत प्राप्त गरेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहाल माओवादी द्वन्द्वको आधार इलाका मानिने रुकुममा जित सुनिश्चित गर्न चुनावी अभियानका क्रममा यहाँ सक्रिय रहेका थिए । २०६४ साल यता उनले रोल्पा, काठमाडौं, सिराहा, चितवन र गोरखाबाट चुनाव लडिसकेका छन् ।
रुकुम पूर्वमा कुल ३४ हजार ७ सय ७२ मतदाता रहेकामा ५५.१८ प्रतिशत अर्थात् १९ हजार १ सय ८८ मत खसेको थियो । जसमा ९ हजार २४ पुरुष र १० हजार १ सय ६४ महिलाले मतदान गरेका थिए । तीन गाउँपालिका र ३१ वडा रहेको रुकुम पूर्वमा यसपटकको निर्वाचन सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="