after_navbar

इनिसा हत्या: वैज्ञानिक ढङ्गले अनुसन्धान सुरु


२ घण्टा अगाडि


सुर्खेत ,२९ फागुन । १६ वर्षीया इनिसा बिकको बलात्कारपछि हत्या भएको भनिएको घटनामा प्रहरीले वैज्ञानिक ढङ्गले अनुसन्धान अघि बढाएको जनाएको छ।

ad

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक सुधिरराज शाहीका अनुसार घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली, पोलिग्राफ परीक्षण गर्ने विज्ञ टोली तथा सीडीआर विश्लेषकसहितको समूह सुर्खेतमा खटिएको छ।

नेपालगन्जबाट गएको पोलिग्राफ विज्ञ टोलीले अभियुक्तहरूको बयान परीक्षण गरेर सत्यता पत्ता लगाउनेछ। प्रहरीले घटनाको निष्कर्षमा पुग्ने क्रममा सामाजिक सञ्जालमा विभिन्न कोणबाट बहस भइरहेकाले थप वैज्ञानिक विधिबाट अनुसन्धान अघि बढाइएको जनाएको छ।

प्रहरीका अनुसार घटनाको प्रारम्भिक अनुसन्धान सकिएको छ भने पोस्टमार्टम रिपोर्ट पनि प्राप्त भइसकेको छ। मोबाइललगायत सामग्री फरेन्सिक परीक्षणका लागि पठाइएको छ।

साथै टक्सिकोलोजिकल र बायो–सेरोलोजिकल परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशालामा नमुना पठाइएको प्रहरीले जनाएको छ।

भेरी अस्पताल, बाँकेका फरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्य को टोलीले गरेको पोस्टमार्टम रिपोर्टमा जबरजस्ती करणीका क्रममा संवेदनशील अङ्गमा गम्भीर चोट लागी अत्यधिक रक्तस्राव हुँदा मृत्यु भएको हुन सक्ने उल्लेख गरिएको छ।

प्रहरीका अनुसार घटनामा संलग्न भएको आरोपमा एक १६ वर्षीय किशोरलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ। उनले इनिसा आफ्नो प्रेमिका भएको र सहमतिमै यौन सम्बन्ध राखिएको बयान दिएका छन्।


घटनास्थलको प्रारम्भिक अनुसन्धानमा मृतकको शरीरका अन्य भागमा चोटपटक नदेखिएको तर यौनाङ्गबाट अत्यधिक रक्तस्राव भएको संकेत भेटिएको प्रहरीले जनाएको छ। घटनास्थल वरिपरि रगतको दाग तथा मृतकका जुत्ता, मोजा र अन्य सामग्री फेला परेको प्रहरी स्रोतले जनाएको छ।

प्रहरीले सबै परीक्षणको प्रतिवेदन आएपछि घटनाबारे अन्तिम निष्कर्षमा पुगिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="