after_navbar

कार्यसम्पादन मूल्याङ्कनमा पुथा उत्तरगंगा पहिलो


३ घण्टा अगाडि


रुकुम पूर्व,४ चैत । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनमा पुथा उत्तरगंगा गाउँपालिका जिल्लामा पहिलो भएको छ।

ad

आर्थिक वर्ष २०८१/८२ का लागि गरिएको मूल्याङ्कनमा पुथा उत्तरगंगाले ६३.९७ अंक प्राप्त गर्दै जिल्लाका अन्य पालिकालाई उछिनेको हो।

आयोगका अनुसार दोस्रो स्थानमा भूमे गाउँपालिका रहेको छ, जसले ६३.६३ अंक प्राप्त गरेको छ। सदरमुकामसमेत रहेको सिस्ने गाउँपालिका भने ६०.७७ अंकसहित तेस्रो स्थानमा सीमित भएको छ।

आयोगले भूगोल, जनसंख्या, मानव विकास सूचकाङ्क, सेवा प्रवाह र वित्तीय अनुशासनलगायत १७ सूचकका आधारमा मूल्याङ्कन गरेको जनाएको छ। यही आधारमा आगामी आर्थिक वर्षका लागि स्थानीय तहले पाउने वित्तीय समानीकरण अनुदान र वित्तीय हस्तान्तरण निर्धारण हुने संवैधानिक व्यवस्था रहेको छ।

भौगोलिक रूपमा दुर्गम मानिने पुथा उत्तरगंगाले सीमित स्रोत र साधनका बाबजुद कार्यसम्पादनमा उल्लेखनीय सुधार गरेको जनाएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धुर्व बिकले चुनौतीबीच स्रोतको प्रभावकारी परिचालन गर्दै सेवा प्रवाह सुधार्दा यो नतिजा सम्भव भएको बताए।

आगामी दिनमा कमीकमजोरी सुधार गर्दै कार्यसम्पादनलाई अझ सुदृढ बनाइने उनले उल्लेख गरेका छन्। यसअघिका वर्षहरूमा प्रतिस्पर्धामा अगाडि रहेका भूमे र सिस्ने यसपटक भने पुथा उत्तरगंगाभन्दा पछि परेका छन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="