after_navbar

ट्याक्टर दुर्घटना हुँदा दुई जना गम्भीर घाइते


चैत ३०, २०८२


रोल्पा,३० चैत । रोल्पामा ट्याक्टर दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरीका अनुसार रोल्पा नगरपालिका–९ ह्वामा आइतबार राति लु ३ त ३१४७ नम्बरको ट्याक्टर सडकदेखि करिब २०० मिटर तल खसेको हो। दुर्घटनामा त्रिबेणी गाउँपालिका–७ दोरेणीका ३४ वर्षीय श्याम डाँगी र सहचालक रोल्पा नगरपालिका–६ धर्मशालाका १७ वर्षीय हिमाल तामाङ गम्भीर घाइते भएका छन्। उनीहरूको अवस्था गम्भीर रहेकाले तत्काल उद्धार गरी उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक सुनिल थापा नेपालीका अनुसार घटनाबारे जानकारी पाएपछि प्रहरी टोली राति करिब ९ बजेतिर घटनास्थल पुगेको थियो। उद्धार कार्य सम्पन्न गरी घाइतेलाई राति सवा ११ बजेतिर जिल्ला अस्पताल रेउघा पुर्‍याइएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि उनीहरूको अवस्था गम्भीर देखिएकाले थप उपचारका लागि सोमबार बिहान करिब साढे २ बजेतिर लुम्बिनी प्रादेशिक अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण भने अझै खुल्न सकेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="