after_navbar

आयोगको ‘कल सेन्टर’मा ४ हजारभन्दा बढी जिज्ञासा सम्बोधन


श्रावण १४, २०८३


काठमाडौ,१४ साउन। निर्वाचन आयोगले चुनावसम्बन्धी जिज्ञासा सम्बोधन गर्न सञ्चालनमा ल्याएको ‘कल सेन्टर’मा चार हजारभन्दा बढी प्रश्न प्राप्त भई समाधान गरिएको छ।

आयोगले गएको माघ ५ गतेदेखि सञ्चालनमा ल्याएको उक्त ‘कल सेन्टर’मा बिहीबारसम्म टेलिफोन तथा ‘भ्वाइस मेल’मार्फत कुल ४ हजार ३८ वटा जिज्ञासा प्राप्त भएको जनाएको छ।

आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्राप्त जिज्ञासामध्ये १ हजार ९ सय ५८ मतदाता नामावलीसँग सम्बन्धित रहेका छन्। त्यस्तै,निर्वाचन आचारसंहितासम्बन्धी ३ सय ८६, मतदाता शिक्षासम्बन्धी १ सय ५७ र अन्य १ हजार १ सय ११ जिज्ञासा रहेका छन्।

उनका अनुसार कुल जिज्ञासामध्ये ४ सय २६ वटा ‘भ्वाइस मेल’मार्फत प्राप्त भएका हुन्। आयोगले नागरिकका जिज्ञासा छिटो र सहज रूपमा सम्बोधन गर्न ‘कल सेन्टर’ सेवा सञ्चालनमा ल्याएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="