after_navbar

अस्पताल परिसरमा बेवारिसे अवस्थामा बालिका फेला


श्रावण २५, २०८३


दाङ,२५ साउन। दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल परिसरमा एक बालिका बेवारिसे अवस्थामा फेला परेकी छन्। सोमबार दिउँसो करिब १२ बजे अस्पताल परिसरमा बालिका भेटिएका भेटिएकी हुन् । बालिका फेला परेपछि अस्पताल प्रशासन र सुरक्षाकर्मीले खोजतलास गरे पनि उनका अभिभावक वा आफन्त फेला पर्न सकेनन्।

बालिकाको पहिचान हुन नसकेपछि अस्पतालले सूचना जारी गर्दै उनलाई चिन्ने वा परिवारबारे जानकारी भएका व्यक्तिलाई सम्पर्क गर्न आग्रह गरेको छ।

अस्पताल प्रशासनले बालिकाका आफन्तजनले प्रहरी सहायता कक्ष, राप्ती प्रादेशिक अस्पतालमा ९७६४३४७५६३ नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस

data-href="