after_navbar

सन्दीप बलात्कारको मुद्दामा दोषी ठहर


पुष १३, २०८०


दाङ,१३ पुस । क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालतले बलात्कारको दोषी ठहर गरेको छ। अदालतले क्रिकेटर लामिछानेलाई बलात्कारको मुद्दामा दोषी ठहर गरेसंगै उनलाई सजाय सुनाइने भएको छ। सजाय भने पुस २५ गते मात्र सुनाइने भएको छ ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले घटना भएको भनिएको दिन सन्दीप र पीडित ‘गौशला २६’ नगरकोट गई होटल काठमाडौं इनको एउटै कोठामा बसेको विषयमा कुनै विवाद नभएको ठहर गरेको छ ।

पीडितले आफूलाई करणी भएको बताएको र सन्दीपको घटना हुँदाको दिनको क्रियाकलप विचार गर्दा करणी भएको देखिएको अदालतको ठहर छ ।
३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले उनलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन । न्यायाधीश ढकालको इजलासमै पुस २५ गते हुने सुनुवाइले लामिछानेमाथिको कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

data-href="