after_navbar

हाम्रो पहुँचमा रेमिट्यान्स सेवा सुरु


पुष १७, २०८०


दाङ, १७ पुस। दाङको तुलसीपुरमा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले रेमिट्यान्सको कारोबार सुरु गरेको छ । सहकारीले मंगलबारदेखि आईएमई रेमिट सेवा सुरु गरेको हो । संस्थाले आईएमई तथा विभिन्न रेमिट कम्पनीहरुसँग सहकार्य गरेर सेवा सुरु गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत जनक भण्डारीले बताए। 

सेवा सुरु भएसँगै अब स्वदेश तथा विदेशबाट पठाएको रकम प्राप्त गर्न सकिने उनले बताए । संस्थाका शेयर सदस्य तथा आम उपभोक्ताहरुले बिना झण्झट तथा सजिलो तरिकाले रकम बुझेर संस्थाबाट रेमिट्यान्स सेवा लिन सकिने जानकारी दिए। त्यस्तै सदस्यहरुले आईएमई मार्फत प्राप्त रकमले संस्थामा वचत कारोबार समेत गर्न सकिने छ।

आईएमईका क्षेत्रिय प्रतिनिधी युवराज योगी र संस्थाका प्रमुख कार्यकारी अधिकृत भण्डारीले संयुक्त रुपमा सम्झौता पत्रमा हस्ताक्षर गरेर संस्थाको मूख्य कार्यालय तुलसीपुर ७ झुमरेबाट सेवाको शुभारम्भ गरेका हुन् ।

आईएमई सेवा सुरु भएसँगै अब  शेयर सदस्य तथा अन्य आम उपभोक्ताहरुलाई पैसा अन्यत्र पठाउन र अन्यत्रबाट आएको पैसा प्राप्त गर्न टाढासम्म धाउनुपर्ने बाध्यताको अन्त्य भएको उनले बताए।

प्रतिक्रिया दिनुहोस

data-href="