after_navbar

सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय


पुष २५, २०८०


काठमाडौ,२५ पुस। बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई कैद सजाय तोकिएको छ। जिल्ला अदालत काठमाडौंले बलात्कारी ठहर गरेका
क्रिकेटर लामिछानेलाई आठ वर्ष कैद सजाय तोकेको छ।

जिल्ला न्यायाधीश शिशिर ढकालको इजलासले बुधबार बलात्कार मुद्दामा लामिछानेलाई आठ वर्ष सजाय हुने सुनाएको अदालतका सूचना अधिकारी चन्द्र पन्थीले जानकारी दिए।

उनकाअनुसार इजलासले तीन लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको हो।

प्रतिक्रिया दिनुहोस

data-href="