after_navbar

महायज्ञ मुल आयोजक समितिका संयोजक र सल्लाहकारबाट १४ लाख सहयोगको घोषणा


माघ १८, २०८०


दाङ,१८ माघ । तुलसीपुरमा सञ्चालन भइरहेको महायज्ञमा महायज्ञ मुल आयोजक समितिका संयोजक र सल्लाहकारहरुले आर्थिक सहयोगको प्रतिवद्धता गरेका छन् ।
मानव सेवा आश्रमको मानव स्मारक निर्माणको सहयोगार्थ महायज्ञमा श्रीमद्भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ आयोजक समितिका संयोजक डिल्ली बहादुर बस्नेत एक कोठा निर्माणमा लाग्ने लागत ५ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मानवसेवा आश्रमको मानव स्मारक निर्माणको सहजताका लागि आफुले उक्त रकम उपलव्ध गराउने स्वघोषणा गरेका हुन् ।
तुलसीपुरका व्यवसायी एवंम् महायज्ञ मुल आयोजक समितिका सल्लाहकार उत्तम कुमार श्रेष्ठले ५ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गर्ने स्वघोषणा गरेका छन् । उनले २०८१ साल देखि मानव सेवा आश्रमलाई बार्षिक ६० हजार रुपैयाँ उपलव्ध गराउने समेत प्रतिवद्धता व्यक्त गरे । मानव सेवा नै माधव सेवा हो भन्दै उनले आश्रमको अभियानलाई सार्थकता बनाउन आफू संधै साथमा रहेको समेत बताए ।

यसैगरी व्यवसायी बलदेव शर्मा २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने स्वघोषणा गरेका छन् ।
मुल आयोजक समितिका सल्लाहकार चिरञ्जीवी रिजालले पनि मानव सेवा आश्रमको भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने प्रतिवद्धता गरेका छन् । मानव सेवा आश्रमको लक्ष्य, उदेश्यलाई थप सार्थकता बनाउनका लागि आफ्नो परिवारले आगामी दिनमा पनि सक्दो सहयोग गर्ने बताएका हुन् । उनले मानव स्मारक भवन निर्माणका लागि १ लाख २९ हजार ५ सय ५५ रुपैयाँ उपलव्ध गराएका छन् ।
बिहिबार दिउँसो संयोजक र सल्लाहकारहरुले १४ लाख ७ हजार ३ सय ३२ रुपैयाँ आर्थिक सहयोगको स्वघोषणा गरेका हुन् ।
महायज्ञमा आर्थिक सहयोग गर्नेहरुको सँखया बढ्दै गएको छ । माघ १३ गतेदेखि सुरु भएको महायज्ञ माघ २० गतेसम्म सञ्चालन हुने छ ।

प्रतिक्रिया दिनुहोस

data-href="