दाङ, १४ चैत । दाङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । बुधबार बिहान बबई गाउँपालिका ७ मलई स्यानि खोला जंगलमा घाँस काटेर घर फर्किने क्रममा अचानक भिरबाट लडेर एक किशोरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक तथा सूचना अधिकारी नवचन्द्र मल्लले जानकारी दिए।
प्रहरीका अनुसार बबई गाउँपालिका ७ मलई बस्ने रोबरबहादुर घर्तीकी कान्छी छोरी १८ वर्षिया छोरी करिष्मा घर्तीको मृत्यु भएको हो । करिष्मासंगै सोही ठाउँ निवासी सुष्मा पुन पनि गएकी थिइन् । करिष्मा भिरबाट अन्दाजी ६५ मिटर तल लडेकी थिइन् ।
शवको प्रारम्भिक अनुसन्धान पछि पोष्ट मार्टम गरि शव अभिभावकलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ । तुलसीपुरमा अध्ययन गर्ने घर्ती बिदाको समय घर गएकि थिइन् ।
प्रतिक्रिया दिनुहोस