after_navbar

पुस्तक व्यवसायीमा चर्चित “तिर्थ” सदस्यको उम्मेदवार


बैशाख २८, २०८१


विगत ३० वर्षदेखि तुलसीपुरमा व्यवसाय गर्दै आएका डाँगी पहिलो पटक वाणिज्य संघमा व्यवसायीको प्रतिनिधिको रुपमा सहभागि हुदैछन ।

दाङ,२८ बैशाख ।
दाङका पुस्तक व्यबसायिहरुमा चर्चित नाम हो तिर्थ बहादुर डाँगी । पुस्तक तथा स्टेशनरी व्यवसायी समितिमा निर्विकल्प पात्रको रुपमा ४ कार्यकाल समितिका मुहत्वपूणर् पद (कोषाध्यक्ष तीन कार्यकाल र अहिले उपाध्यक्ष) मा रहेर काम गरिरहेका तिर्थ व्यवसायी क्षेत्रमा मात्रै है शिक्षासंग जोडिएका सबै व्यक्तिमाझ लोकप्रिय छन ।

विगत ३० वर्षदेखि तुलसीपुरमा व्यवसाय गर्दै आएका डाँगी पहिलो पटक वाणिज्य संघमा व्यवसायीको प्रतिनिधिको रुपमा सहभागि हुदैछन ।

सरल स्वभाव, मिलनसार, सहयोगीभाव र कुसल नेतृत्वकर्ता तिर्थ बहादुर डाँगी अहिल तुलसीपुर उद्योग वाणिज्य संघको सदस्य पदका उम्मेदवार छन । लोकप्रिय युवा व्यवसायी विनिल केसी अध्यक्ष रहेको टिमबाट सदस्य पदका उम्मेदवार तिर्थ तुलसीपुरका व्यवसायी माझ निकै नै लोकप्रिय उम्मेदवार बनेका छन । उनीलाई सबै राजनीतिक दल सम्बद्ध व्यसायी तथा स्वतन्त्र व्यवसायीहरुले अत्यधिक रुचाएका व्यक्ती हुन ।

उनले सबै व्यवसायीको साथ र माया रहेका कारण उम्मेदवारी दिएको बताए । उनले आम व्यवसायी मतदाताहरुलाई मतदान गरेर जिताउन समेत आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुहोस

data-href="