after_navbar

गर्मी बढेपछि ५ दिन विद्यालय बन्द


जेठ १७, २०८१


दाङ,१७ जेठ । अत्याधिक गर्मी बढेपछि तुलसीपुर क्षेत्रका विद्यालयहरु ५ दिन बन्द हुने भएका छन् । गर्मीका कारण पठनपाठन प्रभावित हुनुका साथै स्वास्थ्यमा समेत प्रतिकुल असर पर्न सक्ने भएकाले पाँचदिनका लागि विद्यालयहरु बन्द गर्न लागिएको तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखाले बताएको छ ।

महाशाखा प्रमुख चक्र भण्डारीका अनुसार गर्मी ३९ डिग्री सेल्सियस भन्दा बढि भएपछि १८ गतेदेखि २२ गतेसम्म सामुदायिक तथा सस्थागत विद्यालय बन्द गर्ने निर्णय गरिएको हो पठनवाठन जेठ २३ गतेदेखि पुनः सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस

data-href="