after_navbar

महिला वडा सदस्यको मृत्यु


जेठ १७, २०८१


रोल्पा,१७ जेठ । रोल्पामा महिला वडा सदस्यको मृत्यु भएको छ । रोल्पा जिल्लाको रुन्टीगढी गाउँपालिका–४ की वडा सदस्यको मृत्यु भएको छ । लामो समयदेखि पाठेघरको क्यान्सरको उपचार गराउँदै आएकी ३५ वर्षीया सुपारी विश्वकर्माको बिहीबार मृत्यु भएको गाउँपालिका अध्यक्ष जनक पुनले बताए ।

पाठेघरको क्यान्सरबाट ग्रसित उनको मृत्यु घरमै भएको थियो । उनी वडा सदस्यमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएकी थिइन् । परिवारले उनको उपचार चितवन, दाङ, काठमाडौं लगायतका अस्पतालमा समेत गराएका थिए ।

यसैबीच, अघिल्लो वर्ष २०८० को असार २७ मा उक्त वडाका वडाध्यक्ष टंकबहादुर पुनको पनि मृत्यु भएको थियो । उनको मृत्यु निमोनियाका कारण भएको चिकित्सकले बताएका थिए । पुनसमेत कांग्रेसका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस

data-href="