after_navbar

श्रीमतीको हत्या गरि सेनाका जवान खुकुरी सहित फरार


जेठ २५, २०८१


दाङ,२५ जेठ । दाङको तुलसीपुरमा नेपाली सेनाका एक जवानले श्रीमतिको हत्या पछि खुकुरीसहित फरार भएका छन् ।

तुलसीपुर उपहानगरपालिका – ६ लुङ्ग्री टोलमा बस्ने ३६ बर्षीय शालिकराम बुढाथोकीले श्रीमति २७ बर्षीया टीका बुढाथोकीको खुकुरी प्रहार गरि हत्या पछि खुकुुरीसहित फरार भएका छन् ।

शुक्रबार बिहान सवा ८ बजेतिर बुढाथोकीले श्रीमतिको हत्या पछि सोही खुकुरी लिएर फरार भएको हुँदा खोजी कार्य जारी रहेको प्रहरी अधिकारीहरुले बताए ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक प्रकाश थापाले शुक्रबार बिहान सवा ८ बजेतिर श्रीमतिको हत्या पछि आरोपित ब्यक्ति खुकुरी हातमा समाएर गएको भन्ने सूचनाका आधारमा खोजी भइ रहेको जानकारी दिए ।

घटना बारे थप अनुसन्धान हुन बाँकी रहेको पनि प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

data-href="