after_navbar

स्वायर सहकारीका अध्यक्षसहित ३ जना पक्राउ


जेठ २७, २०८१


काठमाडौँ,२७ जेठ । सहकारीको ७ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । स्क्वायर बचत तथा ऋण सहकारी संस्थाको ७ करोड रुपैयाँभन्दा बढी अपचलन गरेको आरोपमा अध्यक्षसहित तीन जनालाई प्रहरीले पक्राउ परेका हुन् ।

पक्राउ परेका उनीहरुमाथी आकर्षक ब्याज दिने भन्दै रकम जम्मा गर्न लगाएर बचतकर्ताको ७ करोड ४० लाख ८७ हजार ८६० रुपैयाँ उनीहरूले हिनामिना गरेको आरोप लागेको छ।

पक्राउ पर्नेहरुमा काठमाडौं कुलेश्वरका ६६ वर्षीय बासुदेवमान जोशी, केल टोलका ६७ वर्षीय सुवर्ण सेलालिक र नरदेवीका ५८ वर्षीय धर्मरत्न पाछैं पक्राउ रहेका छन् ।

उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो। जोशी सञ्चालक समितिका अध्यक्ष, सेलालिक सचिव र पाछैं सदस्य हुन्।

पक्राउ परेकाहरू विरुद्ध सहकारी ठगीको कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको सीआईबीका प्रवक्ता तथा एसपी होबिन्द्र बोगटीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

data-href="