कपिलवस्तु,२९ जेठ । सवारी दुर्घटनामा परी कपिलवस्तुमा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परी आठजना घाइते भएका छन् । कपिलवस्तुको बुद्ध भूमि नगरपालिका ४ झडुलामाईमा यात्रु बाहक बस र पिकअप ठोकिँदा १ जनाको मृत्यु भएको हो ।
मङ्गलवार काठमाडौँबाट सुर्खेत जाँदै गरेको क.प्र. ०२–००१ख ०५२५ नम्बरको बस र लु १ च ९२८४ नम्बरको पिक अप एक आपसमा ठक्कर खाएका थिए ।
उक्त घटनामा परी पिक अप चालक कपिलवस्तु शिवराज नगरपालिका बस्ने हिरालाल बढईको घटना स्थलमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक अनीश भण्डारीले जनाकारी दिए।
ठक्कर पछि पिकअपमा च्यापिएका बढईको २ घण्टा पछि उद्धार गरिएको थियो ।
दुर्घटनाका घाइतेहरू लाई उपचारको लागि बुटवल पठाइएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक वीर बहादुर सुनारले बताए।
प्रतिक्रिया दिनुहोस