दाङ जेठ ।
रोल्पाको दुर्गम क्षेत्र तर कृषि पकेट क्षेत्र मानिने रोल्पाको जिनावाङ पुग्ने सडक निर्माण हुने भएको छ । कृषि पकेट क्षेत्रका रुपमा विकास भइरहेको जिनावाङ क्षेत्रको पहुँचका लागि ८० करोडको सडक योजना आएको हो ।
आर्थिक वर्ष २०८१÷०८२को कार्यक्रम अनुसार लुम्बिनी प्रदेश सरकारले समपुरक योजनाअन्तर्गत निगालपानी–जिनावाङ सडक निर्माण गर्न लागेको हो । लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा नेपाली कांग्रेसका नेता डिल्ली बहादुर चौधरीले जिनावाङलाई प्रदेशकै नमुना कृषि पकेट क्षेत्रको रुपमा विकास गर्ने योजना बनाएका थिए । त्यहि योजना अनुसार चौधरीले संघीय सरकारमार्फत समपुरक योजनाअन्तर्गत निगालपानी–जिनावाङ सडक योजना ल्याएका हुन् ।
मुख्यमन्त्रीको कार्यकालमा जिनावाङ पुगी त्यस क्षेत्रको विकास र प्रवद्र्धनका लागि सरकारको तर्फबाट सडक स्तरोन्नति र कृषि तथा फलफूलको पकेट क्षेत्र निर्माण गर्ने प्रतिवद्धता जनाएका चौधरीले सडकको योजनालाई पूर्णता दिएका हुन् । सल्यान र रोल्पाको सीमाना त्रिवेणी गाउँपालिका रोल्पाको निगालपानीदेखि गंगादेव गाउँपालिकाको जिनावाङसम्मको सडक निर्माणका लागि बजेट व्यवस्थापन गरिएको निवर्तमान मुख्यमन्त्री तथा कांग्रेस नेता डिल्ली बहादुर चौधरीले बताए ।
त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष लेखराज डाँगीले निवर्तमान मुख्यमन्त्रीको पहलले आएको योजनालाई पूरा गराउनेतर्फ सहजीकरण गर्न गाउँपालिका लाग्ने बताए । निवर्तमान मुख्यमन्त्री चौधरीले बोलेको कुरा पूरा गर्नुभएको छ, उनले भने यो मार्गले जिनावाङ र त्रिवेणी मात्रै हैन सिङ्गो पश्चिम रोल्पालाई विकासमा जोड्ने छ ।
कृषि क्षेत्रको नमुना विकासका लागि “जिनावाङ मोडेल” आवश्यक छ, चौधरीले भने, सरकारका रहदा गरेको प्रयास अहिले देखिन थालेको छ । सडक बन्यो भने जिनावाङ्गी किसानलाई पहुँच मार्गको रुपमा सहयोग पुग्ने छ । किसानको बीचमा बोलेको कुरा पूरा गरेको छु, चौधरीले भने, अब सबै लागेर योजनाको काम पूरा गर्नेतर्फ लागांै ।
त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष लेखराज डाँगीले निवर्तमान मुख्यमन्त्रीको पहलले आएको योजनालाई पूरा गराउनेतर्फ सहजीकरण गर्न गाउँपालिका लाग्ने बताए । निवर्तमान मुख्यमन्त्री चौधरीले बोलेको कुरा पूरा गर्नुभएको छ, उनले भने यो मार्गले जिनावाङ र त्रिवेणी मात्रै हैन सिङ्गो पश्चिम रोल्पालाई विकासमा जोड्ने छ ।
जिनावाङका स्थानीय किसान इन्द्र खत्रीले बाटोको योजनाले खुसी बनाएको बताए । हामी किसानहरुका लागि यति ठूलो योजना आउनु गौरवको कुरा हो । यो योजना ल्याइदिने पूर्व मुख्यमन्त्री डिल्ली चौधरीले धेरै–धेरै धन्यवाद छ ।
उनले मन्त्री आएर गाउँमै बोलेको कुरा पूरा गरिदिएको बताए । रोल्पा सडक पूर्वाधारका प्रमुख हेमन्त रोकाले जिल्लामै ठूलो योजना आएको र त्यसलाई समयमै पूरा गर्नेतर्फ कार्यालय लाग्ने बताए ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस