सुर्खेत,६ असार । जातीय विभेदको आरोपमा सुर्खेतमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लोको विरेन्द्रनगर नगरपालिका वडा नम्बर ४ एरिचोकमा खाजाघर सञ्चालन गर्दै आएकी ३१ वर्षिया मीना विकमाथि जातीय विभेद गरेको आरोपमा कर्णाली त्रिवेणी गौतम भान्छाघरका सञ्चालक ३५ वर्षीय गंगाराम सुवेदी पक्राउ परेका परेका छन् ।
सोमबार साँझ मीनाकी छोरीले होटल सफा गर्ने क्रममा सुवेदीले आफ्नो होटलतिर फोहोर फालेको भन्दै जातीय विभेदजन्य गाली गर्दै कुटपिट गरेको आरोपमा सुवेदीलाई बुधबार पक्राउ गरिएको हो ।
पीडित पक्षले जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदवभाव .(कसुर र सजाय) ऐन, २०६८ बमोमिको कसूर गरेको भन्दै कडा भन्दा कडा कारवाहीको माग तथा क्षतिपूर्तिसमेत भराई पाउ भनेर जाहेरी दर्ता गरेपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको कार्यालय प्रमुख समेत रहेका प्रहरी उपरीक्षक रुपेश खड्काले नेपाल प्रेसलाई जानकारी दिए ।
पक्राउ परेका गंगाराममाथि आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस