after_navbar

हिमालयन इन्स्योरेन्स कम्पनीका सीईओ बर्खास्त


असार १४, २०८१


काठमाडौँ,१३ असार। हिमालयन एभेरेष्ट इन्स्योरेन्स कम्पनीका सीईओ विजयबहादुर शाह बर्खास्तीमा परेका छन् । सञ्चालक समितिलाई अपमान गरेको आरोपमा शाह बर्खास्तीमा परेका छन्।

ad

बुधबार बसेको कम्पनीका सञ्चालक समितिको बैठकमा कार्यसम्पादन कमजोर भएको भनेर सञ्चालकहरुले शाहलाई आरोप लगाएका थिए। बैठकमा सिईओ र सञ्चालकहरुबिच चर्काचर्की समेत भएको थियो।

सञ्चालकहरुसँग भनाभन भएपछि शाह बैठक छोडेर बीचैमा उठेर हिँडेका थिए । सञ्चालकहरुको सवाललाई चित्तबुझ्दो जवाफ नदिएको र अपमान गरेकोले उनलाई सोही बैठकले बर्खास्त गर्ने निर्णय गरेको हो ।

उनको बर्खास्तीसँगै सोही बैठकले कम्पनीकी डेपुटी सीईओ अञ्जु श्रेष्ठलाई कामु सीईओको जिम्मेवारी तोकेको छ । शाह २०७८ फागुनमाब तत्कालीन हिमालयन जनरल इन्स्योरेन्सको सीईओ बनेका थिए । यो बीचमा उक्त कम्पनी एभरेष्ट इन्स्योरेन्स कम्पनीसँग मर्जर गरी हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी बनेको थियो ।


शाह गत साउनमा नेपाल इन्स्योरेन्स कम्पनीबाट बाहिरिएका थिए । संस्थागत सुशासन निर्देशिका अनुसार उनको कुलिङ पिरियड ६ महिना सकिएपछि बीमा समितिले उनलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्तिका लागि अनुमति दिएको हो ।
चार्टर्ड एकाउन्टेन्ट पृष्ठभूमिका शाह यसअघि नेपाल इन्स्योरेन्समा सीईओ थिए ।

त्यसअघि एनएलजीमा दुई कार्यकाल प्रमुख कार्यकारी अधिकृत भएका थिए । झण्डै ४० वर्ष बीमा क्षेत्रमा बिताएका उनी नेपाल बीमक संघलाई दुई पटक नेतृत्व गरेका थिए ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="