काठमाडौँ,१८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराउन राष्ट्रपति कार्यालय शीतल निवास गएका छन् ।
कांग्रेस र एमालेबीच नयाँ सत्तागठबन्धन बनाउने सहमति भएपछि राजनीतिक रुपमा अल्पमतमा परेका दाहाल पार्टीको पदाधिकारी बैठक सकेर बालुवाटारबाट शीतल निवास पुगेका हुन् ।
माओवादी पदाधिकारी बैठकले दुई दलबीच नयाँ सहमति भएपनि प्रधानमन्त्रीले राजीनामा नदिने र संसद्मा विश्वासको मतको सामना गर्ने निर्णय गरेको छ ।
तर कांग्रेस र एमालेले भने राजनीतिक रुपमा अल्पमतमा परेकाले राजीनामा दिइ मार्ग प्रशस्त गर्न भनेका छन् ।
दाहालले प्रधानमन्त्री पद नछोड्ने बरु सबै दलसँग संवाद अघि बढाउने रणनीति तय गरेका छन् ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस