दाङ,२५ असार । दाङको दंगीशरणमा मोटरसाइकल दुर्घटना हुदा एकजना घाइते भएका छन् ।
घाइते हुनेमा शान्तिनगर गाउँपालिका–५ निवासी ७३ वर्षीय नन्दकली खड्का रहेको इलका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।
उनका अनुसार अनुसार तुलसीपुरबाट रगैजातर्फ जादै गरेको रा ७ प ७८६७ नम्बरको मोटरसाइकल दंगीशरण–७ बाकामा आफै अनियन्त्रित भएर पल्टिदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी घाइते भएकी खड्काको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछी थप उपचारका लागी नेपालगञ्ज नर्सीङहोममा रिफर गरिएको प्रहरी निरीक्षक थापाले बताए।
मोटरसाइकल चालक सोही ठाउँका ४७ वर्षीय बेद बहादुर खड्का पनि सामान्य घाइते भएको र उपचारमा उनका छोरा संलग्न रहेको प्रहरीले जनाएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस