after_navbar

कृषिको अनुगमन : तुलसीपुरको भट्टे अर्गानिक क्षेत्र


असार २७, २०८१



दाङ ।
कृषि ज्ञान केन्द्र दाङले चालु आर्थिक वर्षमा जिल्लामा गरेका कामहरुको अनुगमन गरेको छ । जिल्लाका सरोकारवालाहरुको सहभागितामा कार्यक्रमको अनुगमन गरिएको हो ।

ad

कृषिका कार्यक्रमहरुलाई प्रभावकारी र जीवन उपयोगि बनाउने उदेश्यले कृषिकसंग जोडिएर कार्यक्रम गर्दै आएको र किसानसंग जोडिएका कार्यक्रम प्रभावकारी नै भएको ज्ञान केन्द्रका प्रमुख नरेश धितालले बताए । उनले जिल्लाका सबै क्षेत्रमा चालु आवमा सञ्चालन भएका र विगतका वर्षहरुमा भएका कार्यक्रमहरुको समेत अनुगमन तथा निरीक्षण गरिएको बताए ।

यसैबीच तुलसीपुर उपमहानगरपालिकाको भट्टे क्षेत्रको पनि अनुगमन गरिएको छ । तरकारीको ब्राण्डनै निर्माण गरेको भट्टे क्षेत्रलाई अर्गानिक क्षेत्रको रुपमा विकास गर्ने गरि कार्यक्रमहरु सञ्चालन भइरहेको ज्ञान केन्द्रका वाली अधिकृत कमलराज रेग्मीले बताए । उनले किसानको आबश्यकता अनुसारका कार्यक्रम ल्याउने र त्यसको प्रभावकारी कार्यान्वयनमा कार्यालय जुटेको बताए । यहि अन्तरगतको यो अनुगमन रहेको बताए ।

तुलसीपुर उपमहानगरपालिका ३ भट्टेमा तरकारी खेती, पशुपालन, वाख्रापालन, आधुनिक कृषि खेती हुदै आइको छ । गाउँलाई पूणर्रुपमा अर्गानिक गाउँ बनाउने गरि कार्ययोजना वनाएर यहाँका किसानहरु लागेको स्थानीय अगुवा किसान कणर् बहादुर वलीले बताए । उनले यहाँको उत्पादनमा जैविक मल(गड्यौलाबाट उत्पादित), पशुमल र मुत्र, स्थानीय बनस्पतिका उत्पादित जैविक विषादी प्रयोग गर्दै रसायनिक प्रयोगलाई घटाउँदै गइएको बताए । अबको ५वर्षमा पूणर् अर्गानिक उत्पादन गर्ने गरि राज्यका निकायसंग समन्वय र सहकार्य भइरहेको बताए ।

अनुगमनमा पुगेका समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले भट्टेको प्रयास सह्रानीय रहेको भन्दै अरुले पनि यसको सिको गर्नु पर्ने बताए । किसानहरुलाई प्रोत्साहन गरेर कार्यक्रम आउनु राम्रो भएको बताए । दाङका प्रमुख जिल्ला अधिकारी रामबन्दु सुवेदीले अर्गानिक उत्पादनलाई प्रोत्साहन गरिनु पर्ने बताए । गाउँको अबस्था र किसानको प्रयासले धेरै कुरामा सुधार देखिएको भन्दै अर्गानिक उत्पादन यहाँको नमुना योग्य कार्य भएको बताए । अनुगमनका जिल्लाका सबै सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="