after_navbar

गाँजा सहित तीनजना पक्राउ


असार ३२, २०८१


काठमाडौँ ,३१ असार। नेपाल प्रहरीले गाँजासहित ३ जनालाई पक्राउ गरेको छ। विराटनगर महानगरपालिका- ४ ईक्राहिस्थित सडकबाट अवैध गाँजा १ सय २ किलोग्राम सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा केराबारी गाउँपालिका ५ बस्ने ३६ वर्षीय सुरेश लिम्बु, धनकुटा सागुरिगडि गाउँपालिका २ बस्ने ३४ वर्षीय सुभाष नोयोहाङ र सुनसरी धरान उपमहानगरपालिका १३ बस्ने ४२ वर्षीया लक्ष्मी राई बिक रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले बा।६ च ४६८९ नम्बरको कारलाई जाँच गर्न क्रममा डिकीमा उक्त गाँजा फेला पारी कारमा सवार उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

data-href="