रोल्पा,१७ साउन । रोल्पाको एक वडा कार्यालयमा तोडफोड भएको छ । रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नम्बर ८ अरेशको वडा कार्यालय भवनमा तोडफोड भएको वडा कार्यालयले जानकारी दिएको छ ।
अज्ञात समूहद्वारा तोडफोड भएको वडा कार्यालयले एक विज्ञप्ती जारी गरि गरि जानकारी दिएको छ ।
साउन १६ गते रातको समयमा अज्ञात समूहद्वारा यस वडा कार्यालयको सबै ढोकाको ताला फोडेको र खानेपानीको पाइप काटेर लगेको वडा कार्यालयद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

वडा कार्यालयभित्र अन्य केहि पनि तोडफोड नगरिएको तर करिब ४०–५० मिटर खानेपानीको पाइप काटेर लगेको पाइएको वडा कार्यालयले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस