बांके,१८ साउन। बांकेको खजुरामा ७ वर्षकी बालिकाको नालामा डुबेर मृत्यु भएको छ। नेराप्रावि, मनकामनापुरमा कक्षा १ मा पढ्ने ७ वर्षकी आरती गिरीको पेडारी नालामा डुबेर मृत्यु भएको हो।
स्कुल गएकी बालिकाको घर फर्किदा नालामा डुबेको स्थानीयले बताएका छन्। बालिकालाई लिन सधैँ अभिभावक जाने गरेका थिए।
बिहिवार उनको आमा ढिलोगरी लिन जादा बालिका विद्यालयबाट निस्किसकेकी थिइन्। बालिका हराएपछि प्रहरीलाई खबर गरिएको थियो। बालिकाको शब आज बिहान घरदेखि ५ सय मिटर टाढा फेला परेको छ ।
यसैबीच, खजुरा–२, एलगाउंमा ४२ वर्षका दिपक विक नालामा मृत भेटिएका जिल्ला प्रहरी कार्यालय बांकेले जनाएको छ।
प्रतिक्रिया दिनुहोस