after_navbar

खोलाले अटो बगाउँदा दुई जना बेपत्ता, ३ जनाको उद्दार


श्रावण १८, २०८१


दाङ, १८ साउन ।
दाङमा खोलाले यात्रु वोकेको अटो बगाएको छ । मानिससहित र अटो बगाउँदा कम्तिमा २ जना बेपत्ता भएका छन ।

ad

तुलसीपुर उपमहानगरपालिका ४ ंमा रहेको बेतनी खोला र ७मा रहेको रानीघाट खोला (कालाखोला)ले दुई वटा अटो बगाएको हो । शुक्रवार परेको अविरल वर्षाका कारण आएको खोलाले यात्रु बोकेको अटो बगाउँदा दुई जना बेपत्ता रहेको र ३ जनाको सकुसल उद्दार गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।

तुलसीपुर उपमहानगरपालिका ४ बेतनी खोलाले तुलसीपुरबाट खाद्रे जादै गरेको रा १ह ४०५५न.को (५जना सवार अटो)लाई खोलाले बगाएको प्रहरीले जनाएको छ । बगाएको अटोमा रहेर दुई जनाको खोजी कार्य भइरहेको छ । खोजी कार्यमा १० जना सुरक्षाकर्मी परिचालन भएका छन । वेपत्ता हुनेमा खाद्रे बस्ने छबिलाल आलेको श्रीमती बर्ष ५५/५६ कि सिता आले र सुर्खेत जिल्ला घर भइ हाल खाद्रे बस्ने बर्ष १६/१७ कि मन्जु खड्का रहेको प्रहरीको भनाई छ । अटोमा सवार अन्य ३ जनालाई उद्धार गरिएको प्रहरीले जनाएको छ ।


यसै गरेर तुलसीपुर घोराही सडक खण्डको कालाखोला (रानीघाट खोलाले पर्सेनी बाट तुलरीपुर आउदै गरेको अटो बगाएको छ । अटो र त्यसकम सवार सबै जना वेपत्ता रहेको प्रहरीले जनाएको छ । अटो नं भने खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="