after_navbar

स्कुल बसले ठक्कर दिँदा एकजनाको मृत्यु


श्रावण २०, २०८१


काठमाडौं,२० साउन । स्कुल बसले ठक्कर दिँदा साइकल यात्रुको मृत्यु भएको छ । मोरङको रंगेलीमा दुर्घटना हुँदा ५५ वर्षीय जगन्नाथ ठाकुरको मृत्यु भएको हो ।

ad

विद्यार्थी लिन विराटनगरबाट पूर्वतर्फ जाँदै गरेको अरनिको आवासीय माविको को १ क १७०० नम्बरको बसले रंगेली नगरपालिका २ स्थित पुलमा साइकललाई ठक्कर दिएको थियो । घटनामा धनपालथान गाउँपालिका ३ का ठाकुरको मृत्यु भएको हो ।

घटनापछि बससहित चालक ५७ वर्षीय इन्द्रप्रसाद मिश्रलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="