after_navbar

६ क्विन्टल गाँजा सहित दुई जना पक्राउ


श्रावण २४, २०८१


काठमाडौँ २४ साउन। नेपाल प्रहरीले गाँजा तस्करी गरेको अभियोगमा दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ। भारततर्फ गाँजा तस्करी गरेको अभियोगमा प्रहरीले उनीहरुलाई बुधबार राति पक्राउ गरेको हो। पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिबास नगरपालिका वडा नम्बर १४ मा ६११ किलोमिटर भारतीय नागरिकलाई पक्राउ गरिएको प्रहरीले बताएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सन्तुलालप्रसाद जैसवालका अनुसार बिहारको मोतिहारीका २५ वर्षीय गुड्डुकुमार यादव र सोही ठाउँका २९ वर्षीय मनिषकुमार गिरीलाई पक्राउ गरिएको हो ।

मिनी ट्रक प्रयोग गरेर उनीहरूले गाँजा तस्करीको प्रयास गरेका थिए । तस्करीमा प्रयोग भएको सवारी साधनलाई पनि नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस

data-href="