दाङ,२५ साउन। कोशी र कर्णाली प्रदेशमा शुक्रबार सार्वजनिक बिदा दिइएको छ।
आज नागपञ्चमी परेको र खस क्षेत्रमा यो विशेष तरिकाले मनाइने भएकाले कर्णाली प्रदेशभर सार्वजनिक बिदा दिएको मुख्यमन्त्री कार्यालयका सूचना अधिकारी कृष्णप्रसाद खरेलले जानकारी दिए।
त्यस्तै कोशी प्रदेशमा आदिवासी दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिए।
३० औं अन्तर्राष्ट्रिय आदिवासी दिवसलाई उत्सवका रूपमा मनाउन प्रदेश भित्रका सरकारी कार्यालय, स्थानीय तह, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थामा बिदा दिने निर्णय भएको लुइँटेलले बताए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस